लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका र्यापर आशिष् राना उर्फ लाहुरे रिहा भएका छन् । केही महिना अघि प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ गरेको लाउरे धरौटीमा रिहा भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले बताएका हुन् l उनलाई फौजदारी कार्यविधि संहिताको दफा ६८ अनुसार धरौटीमा रिहा गरिएको छ l भने उनी सँगै पक्राउ परेका अन्य आरोपीहरूलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ । लाउरे सँगै पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नवीन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ रहेका थिए l