लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।बुधवार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो । उनले थुप्रै मौलिक लोकगीत गाएका छन् भने दर्जनौँ फिल्ममा अभिनय पनि गरेका छन् l उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरू चर्चित छन् ।पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।