सरूँ रञ्जित र अञ्जलि रेग्मीको आवाजमा गीत 'राम कसम' सार्वजनिक भएको छ l भीम बिसीको लय सिर्जना र रचना रहेको गीतको भिडियोलाई हाइलाइट्स युट्युब च्यानल बाट रिलिज गरिएको हो l शेर सौडको कोरीयोग्राफी तथा निर्देशन भिडियोमा देख्न सकिन्छ l
नवराज उप्रेती खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादनका साथै कलरीङ गरेका छन् l प्रियाना आचार्य र प्रिन्स विश्वकर्मालाई भिडियोमा फिचर्ड गरिएको छ l