यस बर्षको सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने भएको छ । बुधबार निर्देशक सुदर्शन थापाको जन्मदिनको अवसर पारेर ‘म यस्तो गाउँछु २’ बन्ने अनौपचारिक घोषणा गरिएको हो । चलचित्रको पूरानै जोडी पूजा शर्मा र पल शाह दोहोरिने भएको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् भने नयाँ कलाकारको रुपमा सलोन बस्नेत थपिएका छन् । चलचित्रको औपचारिक घोषणा चाडैँ नै भव्य समारोह बिच गरिने निर्देशक थापाले बताए ।

अर्को वर्ष प्रदर्शन गर्ने गरी ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन थालिने निर्देशन थापाले बताएका छन् ।सबै कलाकार तथा प्राविधिक तय गरेर हामी अर्कै ग्रान्ड प्रेसमिट गर्नेछौं ।’ सुदर्शन र पुजाको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेले संगीतकारको रुपमा रहनेछन् । ‘म यस्तो गीत गाउँछु’ ले पुजा र सुदर्शनलाई नाफा दिएको छ ।