गायिका समीक्षा अधिकारीको आवाजमा “औँठी त दियौ तिमीले” बोलको गीत रिलिज भएको छ l स्वरमा समीक्षालाई गायक ईश्वर मागियाले साथ दिएका छन् l दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन् l भिडियोमा प्रनिमा दाहाल,सुयोग तामाङ,प्रेम लामा र रचना गौतमको अभिनय रहेको छ।

अमृत सुनुवारले दृश्य कैद गरेको भिडियोको सम्पादन तथा रङ संयोजन  माधव बेल्बासेको रहेको छ l भिडियोलाई ओे एस् आर बाट हेर्न सकिन्छ l