सोलो रिलिजमा आज बाट प्रदर्शनमा आएको पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' सुखद ओपनिङ भएको छ l काठमाडौँभित्रका अधिकांश हलमा फिल्मले सुखद व्यापार गरेको हो । लामो समयपछि हलमा नयाँ फिल्म लागेको र त्यही माथि पल र पूजाको केमेस्ट्रीले दर्शक हल्ल सम्म तानेको बताइएको छ l यो विषम परिस्थितिमा पनि फिल्मले यतीको व्यापार गर्नु राम्रो रहेको हल सञ्चालकहरूको बुझाई छ l फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् l  फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l 'म यस्तो गीत गाउँछु २'को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ l