नेपाली कथानक फिल्म ‘आकाशे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको फिल्मको ट्रेलर ओ .एस्. आर डिजिटल मार्फत रिलिज गरिएको हो l करिब तीन मिनेटको ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत देखिएका छन् ।
उदय सुब्बाको निर्देशन रहेको यो फिल्ममा विल्सन विक्रम राई ‘तक्मे बुढा’, गौरव पहाडी, निता ढुङ्गाना ,कृषा गुरुङ, शिशिर वाङदेल,बुद्धि तामाङ, रवीन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु , लक्षु शर्मा, प्रकाश शर्माको अभिनय रहने छ । राजु किराँतीको द्वन्द्व, सुजन बडाल सम्पादन , विक्रम डिसीको छायाँकन ,राम जी लामिछाने र राजीव सिंहको नृत्य निर्देशन रहेको छ l फिल्ममा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । फिल्मलाई फागुन २७ गते प्रदर्शन गरिने छ ।