फिल्म 'लाखे' युनिट छायाङ्कनको लागि मुस्ताङ पुगेका छन् l फिल्म क्लाइमेक्स सिनको युनिट मुस्ताङ पुगेको हो l निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर यस फिल्म निर्माण गरी रहेका छन् l सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन्, भने अभिनेत्री वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दै छन् । फिल्ममा नायिका वर्षा राउत, नायक सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतको अभिनय रहेको छ l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । हाइ बजेटमा निर्माण हुन लागेको यस फिल्ममा अन्य नयाँ कलाकारहरूको पनि अभिनय रहने छ l फिल्मको कथा पनि निर्माता सिजन अर्यालकै रहने छ l यस अघि निर्देशक सम्राट्ले फिल्म 'पासवर्ड' निर्माण गरेका थिए l व्यावसायिक रूपमा सफलता नपाएता पनि फिल्मको चौतर्फी चर्चा भने भएको थियो l