बुधबार साँझ सार्वजनिक भएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर २४ घण्टा नबित्दै ट्रेन्डिङ एकमा आइपुगेको छ । बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको छक्का पञ्जा २ गत बर्षको सबार्धिक कमाई गर्ने छक्का पञ्जाको सिक्वेल हो । दिपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ को चर्चा छायाँकनमा जानु अगावै रहेको थियो ।
चलचित्रका दुई गीत केही समय अगाडी रिलिज भइसकेका छन् । सार्वजनिक भएको ट्रेलरमा नायिका बर्षा रावतलाई फरक लुक्समा देखाइएको छ । त्यस्तै दिपराज गिरीलाई हवल्दारको भुमिकामा देखाइएको छ । नयाँ कलाकारको रुपमा छक्का पञ्जा २ मा नायिका स्वस्तिमा खड्का, नायक स्वरुप पुरुष ढकाल र गौरव पहारी थपिएका छन् ।
यता अभिनेत्री प्रियंका कार्कीको भुमिका भने खुलाइएको छ । चलचित्र फूलपाती यानिकी असोज ११ गते देशभर प्रदर्शनमा आउने छ ।