बलात्कार काण्डमा फरार भएका अभिनेता पल शाहलाई यती बेला प्रहरीले धमाधम खोजी रहेको छ l गत बिहीबार देखी प्रहरीको हातमा पर्न नसकेको र मोबाइल स्विट्च  अफ गरेर फरार भएका पललाई खोज्न प्रहरीले यती बेला अनेक उपाय लगाएको छ l पलका नजिक हुने व्यक्तिहरूलाई सम्पर्कमा ल्याउँदै चौकीमा सोधपुछका लागि बोलाउने कार्य जारी रहेको छ l केही दिन अघि पत्रकार देखीलाई सम्पर्कमा ल्याउँदै सोधपुछ गरेको प्रहरीले निर्देशक सुदर्शन थापालाई पनि सम्झेको छ l थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो। थापालाई शनिवार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको बताइएको छ l प्रहरीले पनि थापासँग जानकारी माग्ने उद्देश्यले कार्यालयमा ल्याइएको बताएको छ।