फिल्म 'लप्पन छप्पन २' को प्रचारका लागि शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ नेपाल आउने भएका छन् l 'लप्पन छप्पन २' को प्रदर्शन मिति नजिकिएसँगै अस्ट्रेलियामा रहेका श्रेष्ठ नेपाल आउन लागेका हुन् l शक्तिले फिल्ममा आशा गरे अनुसार फिल्म निर्माण नभएकाले प्रदर्शनका बेला सामाजिक सञ्जालमा समेत फिल्मको प्रचार गरेका थिएनन् । अब भने उनी यही नै फिल्मको प्रचार प्रसारमा दौडिने छन् l 'एउटा यस्तो प्रेम कहानी'मा फिल्मी नगरीमा डेब्यु गरेका शक्तीको 'लप्पन छप्पन २' दोश्रो फिल्म हो l यही फाल्गुन २० गते बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई निर्माण तथा निर्देशन मुकुन्द भाट्टले गरेका हुन् l फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व .दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित वन्त लगायतले अभिनयमा डेब्यु गर्दै छन् । फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट , दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको छ । फिल्ममा किङ योगी र दिलीप ओकेडाको कोरियोग्राफी छ भने हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, नीरज केसीले साउन्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।