'आँखा झिमिक्क पारेर' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर गीतमा सुन्न सकिन्छ l  सुरेन्द्र महर्जनको शब्द रहेको गीतको लय सिर्जना संगीतकार सन्तोष श्रेष्ठको रहेको छ l भिडियोलाई सुरेश थापा 'दर्शने' ले निर्देशन गरेका हुन् ।

भिडियोमा  हरिस निरौला(कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) आयुसी कटुवाल, पूजा उप्रेती र जया थापाको  अभिनय देख्न सकिन्छ l प्रवेश अधिकारीले दृश्य कैद गरेको भिडियोको सम्पादन तथा रङ संयोजन सुरेश राउतको रहेको छ l भिडियोलाई ओ .एस्. आर डिजिटल मार्फत हेर्न सकिन्छ l