बलात्कार आरोपमा फरार भएका अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ l शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो l गत बुधवार गायिका अधिकारीले जबरजस्ती करणीको आरोप उजुरी लगाए पछि पल फरार भएका थिए l अब उनी माथि कानुनी प्रक्रिया सुरु हुने l बताइएको छ । म्याद थपलगायत प्रक्रिया आजबाट सुरु गरिने प्रहरीको भनाइ छ l यसो त फरा अभियुक्त शाहले आज सामाजिक सञ्जाल फेसबुकमा आज आफैँ प्रहरीसामु उपस्थित हुने बताएका थिए । प्रहरी समक्ष उपस्थित हुनु अगाडि उनले सामाजिक सञ्जालमा भिडियोमार्फत आफू निर्दोष भएको दाबी गरेका हुन् ।  सुरुदेखि नै आफूलाई फसाउने षड्यन्त्र भएको पनि उनले दोहोर्याएका छन् । यद्यपि, आफूले प्रहरी, प्रशासन र अदालतलाई सघाउने बताएका छन् । यसैबिच, उनले प्रहरी र अदालतसँग एक पटक आफूलाई दर्शकसँग बसेर चलचित्र हेर्न अवसर प्रदान गरिदिन आग्रह गरेका छन् ।