फिल्म ‘पानी फोटो’ को रिलिज मिति तय भएको छ । निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले भाद्र १० गतेलाई रिलिज मिति तय गरेका हुन् l दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पार्श्व संगीत रहेको छ । फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मको छायांकन काठमान्डुसँगै बर्दिया , रोल्पा र स्याङ्जामा गरिएको छ । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल , अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ , कमलमणि नेपाल , अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, राधा श्रेष्ठ ,अजस्र ढुङ्गाना, कमल देवकोटा , अनोज पाण्डे , अनिल पाण्डे , नवराज गिरी , श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्ससंगको सहकार्यमा फिल्म निर्माण गरिएको हो l