चलचित्र ‘साढे ७’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साम्तेन भुटियाको निर्देशन रहेको ‘साढे सात’को ट्रेलरमा गायक सत्यराज आचार्य र मेनुका प्रधानको केमेष्ट्रि देखाइएको छ । चलचित्रमा गायक आचार्य पत्रकारको भुमिकामा देखा परेका छन् । २ मिनेट १५ सेकेण्डको ट्रेलरमा नाकाबन्दीको समयमा देशको अवस्था र सोही समय एक पत्रकारले नियालेको समाजलाई कथामा समेटिएको छ ।
आफ्नो अनुभवको साथै नाकाबन्दीको समयमा नेपालीहरुले भोगेको कथाको साथै पत्रकारले देखेको, भोगेको समाजलाई चलचित्र ‘साढे ७’मा राखिएको निर्देशक भुटियाले बताए । चलचित्र थ्रिलर रहेको उनी बताउछन् । सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको ‘साढे ७’मा सत्यराज र मेनुकाको साथै सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको मुख्य भुमिका रहेको छ । चलचित्रमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुत्त लगानी रहेको छ । कार्यक्रममा बोल्दै कलाकारको साथै निर्माता रहेका सुनिल थापा चलचित्र चलेमा हामीहरुको साढे सात भाग्ने र नचलेमा हामीलाई साढे सात लाग्ने बताउछन् ।