बलात्कार आरोपी अभिनेता पल शाह र आरोप लगाउने गायिका समीक्षा दुवैलाई समर्थन गर्दै गायिका ज्योति मगरले बलात्कार नगरेको दाबी गरेकी छिन् l सामाजिक सञ्जालमा पल समर्थनमा उभिएकी मगरले एक स्ट्याटस लेख्दै भनेकी छिन् l उनको स्ट्याटस जस्ताको तस्तै कानुन त पछि बन्छ तर संस्कार र सस्कृती परापुर्वकाल देखि चल्दै आयका हुन्छन् जस्लाइ बदल्न धेरै लामो समय लाग्छ... हाम्रो संस्कार मा छोरी मान्छे 15/16 वर्ष को हुँदा बिहे गर्दिने चलन अझै कायम नै छ जस अनुरूप पुरुष हरू अझै यही सोच्छन् कि 15/16 वर्ष मा शारीरिक तथा मानसिक रूप मा यौन सम्पर्क र प्रेमलाप को लागि योग्य हुन्छन् सायद त्यसकै परिणाम हो (पल र समीक्षा)...बलात्कार त हुँदै होइन सुरु सुरु मा माया जाल ऐले आएर महाजाल... पल लाई बर्बाद गर्न लागि पर्नु भयका महानुभाव हरू ले समीक्षा लाई नि बर्बाद गर्दिए... फस्ने फसाउने तथा कानुन को धजिया उडाउने र कानुन लाई गलत प्रयोग गर्ने हरू को कारण साचिकै पीडित हरू ले न्याय नपाएको अवस्था हो हाम्रो देश मा... रोशनी जी ले सरकारी पद नपाउँदा कृष्ण महरा जी जेल 18 वर्ष नपुगेको ले समीक्षा जी लाई बिहे गर्न नमान्दा पल शाह जेल... by the way म पल र समीक्षा दुवै को पक्ष मा र दुवै जना लाई गलत प्रयोग गर्ने त्यी 4/5 जना को विपक्ष मा...