फिल्म 'म यस्तो गीत गाउँछु २' ले बक्स अफिसमा धमाका मच्चाइ रहेको छ l गत शुक्रवार बाट प्रदर्शनमा आएको फिल्म आज तेस्रो दिन सम्म आउँदा पनि दर्शकको माया कमी भएको छैन l फिल्मले १ करोड ८० लाखको व्यापार गरेको छ l फिल्म वितरक करण श्रेष्ठको अनुसार फिल्मले दुई दिनमा यतीको व्यापार गरेको हो l यस फिल्मले बलिउड फिल्म ‘गंगुबाई कठियावाडी’ लाई समेत पछाडि पारेको छ l पहिलो दिनकै हाराहारीमा दर्शकको उपस्थिति हुनुका साथै फिल्मको कथा पलको जीवनमा अहिले घटी रहेकै घट्नामा मिल्न गएका कारण पनि दर्शकले फिल्मलाई रुचाएको हलसंचालकहरुको भनाइ छ l फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् l फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l