‘फ्लाएर्स फिल्म अवार्ड’ को आयोजना हुने भएको छ l ओजश फिल्मस् एन्ड इन्टरटेन्मेन्ट प्रा.लीले साइमन फिल्मस् मुम्बईको डिजाइनमा हुन लागेको अवार्डको पहिलो संस्करण विराटनगरमा आयोजना गरिने छ l नयाँ वर्षको बैशाख २४ गते बाट हुने अवार्ड बारे पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो l फिल्म सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिनेछ । ०७६, ०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरू अवार्डमा सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनिक गरिने बताइएको छ ।  नेपाली फिल्मको विकास र विस्तारको लक्ष्य लिएर पहिलो संस्करण नै विराटनगरमा गरिन लागिएको छ l पत्रकार समेल्लनमा उपस्थित भएका अभिनेता सरोज खनाल र कलाकार तथा निर्माता दिपाश्री निरौलाले नेपाली फिल्मको विकासमा यो अवार्डले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुका साथै यो खुसीको कुरा रहेको बताएका थिए l अन्य अवार्डभन्दा यो विशेष रहने जानकारी गराइएको थियो l