महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरलाई ओ एस् आर डिजिटल मार्फत हेर्न सकिन्छ l जीवनमा एक युवतीको आगमनपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ । सार्वजनिक पोस्टरमा विक्रम डी जोशी, दीपिका प्रसाईँ, प्रियंका कार्की, विल्सन विक्रम राई र विक्रान्त बस्नेत देखिएका छन् ।
सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र विक्रम डी जोशीले लेखेका हुन् । एभरेस्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्ममा एभरेस्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार वैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको यस फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको फिल्मको गीतमा विष्णु देवाको कोरियोग्राफी छ । फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डी जोशी छन् । आउँदो चैत ११ गते फिल्म प्रदर्शनमा आउँदै छ l