फिल्म 'म यस्तो गीत गाउँछु २' निर्माण टिमले फिल्मको नयाँ गीत युट्युबमा रिलिज गरेका छन् l ‘पीडा भएनी खुसी भएनी’ बोलको गीतलाई केही समय अघि रिलिज गरिएको हो l गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्तको स्वर छ । भिडियोमा पूजा शर्मा गायिकाको रुपमा स्टेजमा गाइरहेकी छन् भने पल हतकडीसहित प्रहरीको साथमा उनको कन्सर्ट हेर्न पुगेका छन् ।
फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् भने निर्देशक थापा र पूजाले मिलेर फिल्मको निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l हाल फिल्म सिनेमा हलमा प्रदर्शन भैरहेको छ l गत शुक्रवार बाट रिलिज भएको फिल्मले बक्स अफिसमा १ करोड ८० लाखको व्यापार गरी सकेको छ l