फिल्म ‘म’ रिलिज मिति घोषणा भएको छ l निर्माण युनिटले को २०७९ जेठ २० गते रिलिज गर्ने पक्का गरेका हुन् l कान्तिपुर फिल्म एकेडेमीले निर्माण गएको फिल्मलाई निर्देशक सुवर्ण थापाले निर्देशन गरेका छन् । साथै, फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । विमला हुमागाईँ र पदम पुरी निर्माता रहेको फिल्ममा सरोज खनाल, नीराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । डिसिएनले काठमाडौँ उपत्यका तथा एफडीले उपत्यका बाहिर फिल्म वितरण गर्ने जिम्मा लिएका छन् l