पल- समीक्षा प्रकरणलाई नजर राख्दै यती बेला नायिका विनीता बरालले पनि मुख खोलेकी छिन् l सामाजिक सञ्जालमा प्रश्न गर्दै उनले छोरीहरूलाई कसरी बचाउने तर्क राखेकी छिन् l सञ्जालमा बराल लेख्छिन् : ललाई-फकाई गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरूलाई कसरी बचाउने , ‘म पनि सधैँ उस्तै त्रासमा बाँच्ने दुई वटा छोरीहरूकी आमा हुँदै छु । कसरी जोगाउने यी नानीहरूलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् ? कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् ?’ हाल उनी अमेरिकामा छिन् l फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबर्जस्ती करणीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आत्मसमर्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् ।