बलात्कार काण्डका मुख्य आरोपी अभिनेता पल शाहलाई भेट्न नायिका पूजा शर्मा तनहुँ पुगेकी छन् l पहिले देखी नै पलको समर्थन उत्रिएकी शर्माले चौकीमा रहेका पल लाई फिल्म हेराउने बाचा पनि गराएकी छन् l एक सन्चाकर्मीको प्रश्नमा उनले सो अभिव्यक्ति दिएकी हुन् l थप् उनले भनेकी छन् l तनहुँ गएर शनिवार सम्म सबै दर्शकसामु ल्याउने ठुलो रहर छ,उसले गरेको छ या छैन भन्ने प्रुफ भएको छैन । उसको सपना यो छ (फिल्म हेर्ने) भनेपछि जसरी पनि पूरा गर्नु नै पर्छ ।’ साथै कलाकारको भ्यालु कसैले नबुझेको उनको तर्क छ l पूजा भन्छिन् : जबरजस्ती पललाई पाउन प्रयास गरी प्लानिङमा यो षड्यन्त्र रचेको दाबी पनि गरिन् l उनले बलात्कारको अर्थ नै अहिलेसम्म आफूले बुझ्न नसकेको बताइन् ।‘पलले आएर कपडा सपडा च्यातिदिने गरेको जस्तो त लाग्दैन । पल त्यस्तो क्यारेक्टरको केटा नै होइन । खासमा मैले बलात्कारको मिनिङ नै बुझेको छैन । अहिले बल्ल बुझ्दै छु l कलाकारलाई भ्यालु नगरेको भएर पनि यो देश पछाडि परेको मन गढन्ते तर्क पनि दिएकी छन् l ‘यदि बलात्कारी हो भने बलात्कारीसित बिहे गर्छु भन्छ कसैले ? मैले यो केसलाई यति मिलाउन खोजेँ, तर सबै प्लानिङमा भएको रहेछ । माया भनेको मागेर पाइँदैन । माया भनेको त्याग हो । माया एकतर्फी कहिल्यै हुँदैन । उसले सोच्नु पर्ने कुरा हो l  फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएपछि फरार रहेका पलले आइतबार आत्मसमर्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यति बेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् ।