पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अहिले पल - समीक्षा काण्डले ताती रहेको बजारलाई मध्य नजर गर्दै आफ्नो अभिव्यक्ति राखेकी छन् l उनले राखेको यस अभिव्यक्तिको कारण अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनी माथि नै खनिएका छन् l नाबालिगसँग यौन सम्बन्ध स्थापित गर्नु अपराध भएको उनले स्पष्ट पारेकी छिन् । इन्स्टाग्राम मार्फत उनको भनाइ यस्तो छ l ‘कानुन वयस्कहरूलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुन सक्छन् वा आफैँले कुनै निर्णय लिन असमर्थ हुन सक्छन् ।’

Cine pati

नाबालिग समीक्षाको सट्टा पलको समर्थन व्यक्तिहरू उत्रेको देख्दा आफूलाई विश्वास नभइरहेको खतिवडाले लेखेकी छन् l थप् उनी लेख्छिन् , यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न सक्दैन नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई उनले अपरिपक्वको संज्ञा दिएकी छिन् । समीक्षालाई आत्मबल बढाउन समेत उनको सुझाव छ l