फिल्म ‘२ नम्बरी’को छायांकन चैत १ बाट पुन हुने भएको छ l केही प्रतिशत छायांकन हुँदा हुँदै कोरोना कहरका कारण बिचैमा रोकिएको फिल्म फेरी खिच्ने निर्माण टिमले जानकारी गराएको हो l भैसकेको दृश्य कैदलाई पनि छोडेर निर्माण टिमले फेरी सुरु देखिनै फिल्म खिच्ने भएको हो l दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई पल शाह, वर्षा राउत, भुटानी अभिनेत्री उगेन छोदन र जयनन्द लामाको मुख्य भूमिका थियो । तर अहिले जयनन्द लामाको निधन भएको छ भने पल बलात्कार काण्डमा हिरासतमा छन् l यसैले पनि निर्माण टिम अन्य कलाकारलाई पनि भित्र्याउँदै फिल्म अगाडि बाट नै छायाङ्कन गर्न लागेको हो l साथै अब पल र जयनन्दको ठाउँमा अरुनै कलाकारहरूको एन्ट्री हुने छ l