गायिका रचना रिमालको आवाजमा 'लौन के गरौँ' बोलको गीतको रिलिज गरिएको छ । किरण पल्पसाको रचना र निर्माण रहेको गीतमा लय सिर्जना राहुल प्रधानले भरेका छन् l जयस बहादुर याखाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा कलाकार इस्टु कार्की 'नेप्टी'सँग ह्याण्डसम मोडल प्रवीण डिसीको रोमान्स देख्न सकिन्छ ।

दीपक गिरीको सिनेम्याटोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ । सम्पादन तथा रङ संयोजन भिडियोमा अमृत चापागाईँले गरेका छन् l