वैशाख २३ मा प्रदर्शन गर्ने भनिएको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ अब जेष्ठ मा रिलिज हुने भएको छ l निर्माण टिमले  जेठ १३ लाई फिल्मको मिति लक् गरेका हुन् l स्थानीय तहको निर्वाचनका कारण फिल्मको रिलिज मितिलाई सारिएको हो l फिल्मलाई मणिराम पोखरेलले निर्माण गरेका हुन् । सफल सिरिज 'कबड्डी'को अन्तिम भागका रूपमा यस फिल्मलाई निर्देशक रामबाबु गुरुङले बनाएका हुन् l रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले फिल्मको कथा लेखेका हुन् । फिल्ममा तीन सिरिजमा देखिएका सम्पूर्ण कलाकारहरूलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यसै गरी कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतको अभिनय रहेको छ l