मण्डला नाटक घर भोलि बाट पुन : सञ्चालन आउने भएको छ l ‘रोगन’ नाटक मार्फत मण्डला भोलि बाट थापा गाउँ स्थित आफ्नै भवन बाट सञ्चालनमा आउने भएको हो l उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थितिमा भोलि मण्डलाको नयाँ भवन उद्घाटन हुँदै छ । भवनमा दुई वटा नाटक घर छन् । २०० सिट क्षमता र र ७० सिट क्षमताको बाल नाटक घर रहेको मण्डलामा क्याफे, पुस्तकालय, पार्किङ, आवाससम्मको सुविधा रहेको छ l ३० आना जग्गालाई भाडामा लिएर निर्माण गरिएको भवनमा भोलि बाट नै  राजन खतिवडाद्वारा निर्देशित नाटक ‘रोगन’ पनि मञ्चन हुने छ l