अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना हुने भएको छ । होलीको अवसर पारेर मार्च १९ मा हुन लागेको सो मेलालाई फन्टास्टिक इभेन्न्टसले आयोजना गरेको हो l  हरेक वर्ष आयोजना हुँदै आइरहेको उक्त मेला कोरोनाका कारण केही वर्ष देखी रोकिएको थियो l होल्ड्रेड गार्डेन्स, मेरिल्याण्डसमा हुने कार्यक्रममा नेपाल बाट कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्ले लगायत सहभागी हुँदै छन् । ‘सिड्नी होली मेला २०२२’ लाई संगीत, रंग र फुडको जमघटको रूपमा आयोजना गर्न लागेको फन्टास्टिक इभेन्न्टस टिमको भनाइ छ l