निर्देशक तथा लेखक विकास राज आचार्य अब 'नाइँ नभन्नु ल' को छैठौ सिरिजको तयारीमा छन् l पहिलो सिरिज हुँदै ५ औ सिरिज सम्म आउँदा पनि फिल्मले उत्तिकै दर्शकको मन जित्यो l पहिलो सिरिज बाट नै फिल्म फरक फरक कलाकारहरूले अभिनय गरेका छन् l अब फिल्मको ६ औ सिरिजमा पनि दर्शकले नयाँ अनुहार देख्न पाउने भएका छन् l निर्देशक आचार्यले नयाँ अनुहारलाई फिल्ममा भित्र्याउने तयारी गरेका हुन् l वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेतको अभिनय रहने पक्का छ । तर अन्य कलाकारहरूको बारे निर्माण टिम छलफल गरी रहेका छन् l तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने फिल्ममा एक अभिनेत्री नयाँ रहने छिन् l  यस अघिका सिरिजहरूमा रिचा सिंह ठकुरी , स्वस्तिमा खड्का , प्रियङ्का कार्की , जीवन लुइँटेल , अभिशेक नेपाल लगायत कलाकारहरूले अभिनय गरी सकेका छन् l फिल्मको कथा लेखन स्वयं निर्देशक आचार्यकै छ । कथालाई पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई साथ दिएका छन् ।