गायक शिव परियारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो माया’ले बोलको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो । गायक शिव परियारको ’शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गायक परियारको स्वर र आफ्नै लगानीमा तयार भएको भिडियोलाई बिकास सुवेदीले निर्देशन गरेका हुन् । भिडियोमा नायिका स्वस्तिमा खड्का र भिमफेदी गाईजको प्रस्तिुति रहेको छ ।भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो ।