फिल्म 'म यस्तो गीत गाउँछु २' ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ l गत शुक्रवार बाट रिलिज भएको फिल्मले हाल सम्म आउँदा ५ करोडको नजिक पुगेको छ l निर्माण टिमले शुक्रवार सार्वजनिक गरेको एक हप्ते कलेक्सन रिपोर्टमा ४ करोड ९५ लाखको आँकडा उल्लेख छ । दोश्रो हप्ता सम्म आइपुग्दा फिल्मले यतीको व्यापार गरेको हो l प्रदर्शनको पहिलो दिनदेखि फिल्मले निरन्तर हाउस फुलको व्यापार गरिरहेको छ । प्रदर्शनको दुई दिनमा देशभर १ करोड ८० लाख कमाई गरेको थियो l ‘दोस्रो हप्ताको पहिलो दिन पनि देशभरका हलहरू हाउस फुल छन् । पहिलो हप्ता जस्तै दोस्रो हप्तामा पनि फिल्मले आक्रामक व्यापार गर्नेमा वितरकहरूको भनाइ छ l कोरोना महामारीयता सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको ‘म यस्तो गीत गाउँछु २’ लाई सुदर्शन थापाले निर्देशन तथा निर्माण गरेका हुन् l साथै फिल्मको निर्मात्री नायिका पूजा शर्मा पनि हुन् l फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय रहेको छ ।