आफ्नो चरित्र हत्या गरेको भन्दै नायिका रेखा थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी हालेकी छन् l सञ्जालमा गाली गलौच गरेको भन्दै उनले आज साइबर ब्युरोमा निवेदन हालेकी हुन् l केही दिन अघि पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात् रेखामाथि गालीगलौज सुरु भएको थियो । आजै साइबर ब्युरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पीडितको गोपनीयता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोस्ट नगर्न चेतावनी दिएको थियो । साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले रेखाको तर्फबाट निवेदन आएको जानकारी गराएका हुन् l