सामाजिक सञ्जाल मार्फत घटी रहेका घट्नालाई मध्य नजर गरेर बोल्न कलाकार दीपक राज गिरी माहिर छन् l सामाजिक सञ्जाल स्ट्याटस मार्फत व्यङ्ग्य हान् होस् या घटी रहेका घटनाको पक्ष-विपक्षमा बोल न नै l उनी थोरै पनि हिच्चकिचाउदैनन् l हालै सञ्जाल तताइरहेको पल -समीक्षा प्रकरण बारे सञ्जाल मार्फत धेरै कुराहरू लेखिसके l हालै पनि उनले गायिका समीक्षा रँगिन क्षेत्रमा उदाउनु भन्दा पहिलेका दिन सम्झेर एक स्ट्याटस लेखेका छन् l “ छक्का पन्जा र समीक्षा” भनेर एक आपसमा जोडेका केही कुराहरूलाई उनले निर्धक्क साथ लेखेका छन् l सञ्जालमा गिरी लेख्छन् :

 

आज म लेख्दैछू ….. 

                           “ छक्का पन्जा र समीक्षा”

पछिल्लो घटना क्रम ले समाज नै तरंगित बनेको छ ! केश अदालत मा पुगी सकेको ले मैले यसको बारेमा बोल्नु हुँदैन…. म यॉहा केबल समीक्षा जसले छक्का पन्जा बाट यो रँगिन दुनियाँमा कदम राखिन त्यो बारेमा केही शेयर गर्न चाहन्छु…. जब हामी छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ , हामीलाई स्कुले विद्यार्थी को अभिनय गर्ने कलाकार चाहियो ,त्यो बेला त्यॉहा हेड मास्टर ले सहयोग गर्नु भो , ८,१० जना विद्यार्थी हरू छनौट भए त्यस मध्य एक थिइन समीक्षा… गोरी, राम्री, लजालु स्वभाव भएकी.. दिएको संवाद राम्रो सँग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वर ले हामी सबैलाई तान्थ्यो, छायॉकार मित्र पुरुषोत्तम प्रधान ले मोबाइल मा रेकर्ड गरेर त्यो आवाज लिएर आए, त्यही रेकर्ड गरिएको आवाज नै समीक्षा लाई देशको राजधानी काठमान्डु मा स्थापित हुने मार्ग बन्न पुग्यो !सुटिगं का क्रममा मैले उन्को धेरै पल्ट तारिफ गर्दा हेड मास्टर तथा अन्य सरहरू पनि ,यो नानी सारै मीठो गॉउछे, हामीलाई यिनी प्रति धेरै विश्वास छ l एक दिन राम्रो गायिका बन्ने छिन् र समग्र गॉउको र स्कुलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो… भयो पनि त्यस्तै, छोटो समयमा नै उनिले लोभ लाग्दो प्रगति गरिन पनि , त्यस पछि उनी सँग मेरो भेट कहिल्यै भएन , टेलिभिजन र टिकटक हरू देख्थे खुसी लाग्थ्यो …बरु वेला वेला हेडमास्टर ले फोन गरेर “हाम्रो चेली ले साँच्चै राम्रो गरेकी छे दिपकजी!तपाइहरू सुटिगं मा आएको त उसको लागि भाग्यको ढोका खोल्न रहेछ “ यति सुनिरहदॉ म पनि घमन्डले धेरै पल्ट गचक्क परेको छु …तर त्यो मेरो घमन्ड धेरै दिन टिकेन , आजको दिन देख्नु पर्‍यो , सामाजिक सञ्जालमा उनी माथि बर्सिएको गाली सुन्नु पर्‍यो ,अब म दुबिधामा परे ! के गरौँ? कक्षा छ मा पढिरहेकी एक बालिका लाई माइकमा गीत गाउन, कसले सिकायो? हामीले !

मिडिया सामु बोल्न ,कार्यक्रम मा कति पारिश्रमिक माग्ने , को सँग कसरी प्रस्तुत हुने यो सबै कसले सिकायो? मेरै क्षेत्र ले सिकाएको हो  , हामीले नै सिकाएको हो यसमा प्रशस्तै गौरव छ !एउटा सामान्य बालिका लाई प्रोफेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने l हामी सबैलाई एकमुष्ट बधाई र धन्यवाद छ!तर मिडिया मा आए झैँ boy friend हरू राख्ने , सम्बन्ध बनाउने, षड्यन्त्र नै गर्ने ,नावालिक भएर पनि यस्तो गर्ने , त्यस्तो गर्ने ,यो चाहिँ उनले गॉउ बाटै सिकेर आएकी थिइन कि कसो?यसको जिम्मा चाहिँ हामीले लिने कि नलिने? यो बालिका लाई हामीले यहाँ पुर्‍यायौ भनेर गर्व चाहिँ गर्ने , तर उक्त बालिका ले सिकेको नराम्रो बानी को ठेक्का चाहिँ लिने कि नलिने? उन्को boy friend हरू भनेको स्कुल पढ्दा देखिका हुन् कि यहि क्षेत्रमा आएपछि बनेका हुन्?छोरो ले फष्ट आउदा मेरो छोरो,छोरोले अरूका छोरा भकुरेर आउदॉ चाहिँ “ ए तेरो छोरो ले हेर के गर्यौ ?उनी आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने उनले आज जे भोगि रहेकि छिन त्यसमा पनि हाम्रो क्षेत्र , हाम्रै संगत, हाम्रै बाताबरणको दोष छ कि छैन ? मलाइ यहाँ यो दोषि र यो निर्दोषि भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हूदै होइन!!मेरो चाहना समिक्षालाइ सराप्न बन्द गरौँ भन्ने मात्रै हो ….म समिक्षाको प्रगति मा गर्व गर्छू भने उनले भोगिरहेको आजको नियती मा आफूलाइ पनि दोषि देखिरहेको छु!!यति भनिरहदॉ मैले पनि गाली खानु पर्नेछ अब गाली त बानी जस्तै भैसक्यो ….

जय नेपाल !!!