पल -समीक्षा प्रकरण बारे बोल्दा कन्ट्रोभर्सीमा परिन्छ भने डरले केही समय अघि न कुनै कलाकारले मुख खोलेका थिए न त कुनै गायक- गायिकाले नै l तर अहिले भने कलाकारका साथै गायक -गायिकाले पनि भटाभट मुख खोल्न थालेका छन् l कोही दिल खोलेर पलको समर्थन गरी रहेका छन् भने कोही समीक्षालाई समर्थन गरी रहेका छन् l पूर्व मिस नेपाल श्रिङखला खतिवडा , नायिका विनीता बराल लगायतका केही कलाकारहरू -समीक्षा तिर लागिरहेका, अधिकांश भने पल तिर नै गैरहेका छन् l यस प्रकरण बारे नायिका नम्रता नम्रता सापकोटाले पनि मुख खोलेकी छन् । पीडित नाबालिग गायिका र उनको परिवारको विषयमा चिन्ता व्यक्त गर्दै सञ्जालमा सापकोटा प्रश्न गर्दै लेख्छिन् :के उनी ठिक छिन ? उनी कुन हालत मा होलिन् l उनको परिवारलाई के बीतिरा को होला ? उनको सुरक्षा यो समाज र हामी समाजमा बस्ने नागरिक को हैन र ?