गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्युजिक भिडियो 'अचार तिलैको' सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । 

भिडियोको निर्देशन शर्मा जी प्युठानले गरेका हुन् l भिडियोमा सुमन बजगाईँ, अञ्जना दुवाडी र सीताराम दाहाल फिचर्ड छन् l भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गरेका हुन् । युट्युबको ‘थगलाइफ नेपाल’ च्यानल सर्च गरेर भिडियो हेर्न सकिन्छ l