फिल्म 'चिसो एस्ट्रे' को नयाँ गीत सार्वजनिक भएको छ । अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाहरूको जीवन शैलीलाई अभिव्यक्त गरेको छ । जसमा आवाज अभिनेता तथा गायक रविन तामाङले दिएका छन् l कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् l आधुनिक बन्न खोज्दा आफैँलाई गुमाउन पुग्ने युवाको कथा फिल्ममा समावेश छ ।
उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन फिल्ममा समावेश छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठको फिल्ममा मुख्य भूमिका रहेको छ l दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्मको सह निर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।