‘द भ्वाइस किड्स’ का विजेता जेनिश उप्रेतीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटो’ बोलको गीतमा गायक प्रमोद खरेल र जेनिसको आवाज रहेको छ l भूपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको लय सिर्जना रहेको छ l गायक प्रमोद खरेलको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा बाल गायक जेनिशकै वास्तविक कथालाई उतारिएको छ ।

भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनिल नेपाली, भानुभक्त ढकाल लगायतको अभिनय छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् l उक्त भिडियोलाई गायक खरेलकै आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l