भदौ ३० गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘लिला’को नयाँ गीत सार्वजनिक भएको छ । ’मिसावट छ पिरतीमा’ बोलको गीत सार्वजनिक भएको हो । युवराज चौलागाईको स्वर रहेको गीतमा डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’लाई निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) चलचित्रका निर्माता हुन भने सिपी पौडेल कार्यकारी निर्माता हुन् । ‘लिला’को लेखन निर्माता लक्ष्मण बस्नेतले गरेका हुन् । चलचित्रमा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।