चर्चित गीत 'फोटो फिरिममा' को चाइल्ड भर्सन इन्टरनेट रिलिज भएको छ । वाल गायक सुप्रिम मल्ल ठकुरीको आवाज रहेको गीतमा शिशिर भण्डारीको शब्द सृजना रहेको छ । भण्डारीकै संगीत निर्देशन र कथा रहेको गीतमा कुशल सिंहको संगीत संयोजन समावेश छ । पारिवारिक कलह र झगडाले बालबालिकामा पर्ने असरलाई कथा मार्फत भिडियोमा देखाइएको छ l

भिडियोमा असीम भण्डारी, शिशिर भण्डारी, आश्मा गिरि, रिनेक्स बस्नेत, दीपेन्द्र सोनाम र श्रद्धा गौतमको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माले दृश्य कैद गरेको भिडियोलाई सम्पादन दिनेश शाहले गरेका छन् l शुक्रवार नयाँ नयाँ न्युज नेपाल युट्युब च्यानल बाट रिलिज गरिएको गीत हाल् ट्रेन्डिङको ५ औ स्थान पनि छ l