फिल्म ‘प्रेमगञ्ज’ रिलिज मिति लक् गरिएको छ l आउने भाद्र ३ गतेलाई निर्माण टिमले रिलिज मिति लक् गरेका हुन् l चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेका फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दै छन् ।राजु फुयाँलको लगानी रहेको फिल्मलाई संजय लामाले छायांकन गर्दै छन् l फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । तेज गिरी र बेनिशा हमाल फिल्ममा मुख्य भूमिकामा देखिएका छन् । बेनिशा र तेजको अलावा फिल्ममा सुप्रिया खनाल,राईडर प्रशान्त,सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ l