गायक युवराज चौलागाईंको आवाजमा ‘छुटे पछि त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ । स्वरमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । दीपिका रिमाल थापाको शब्द रहेको गीतमा संगीत गायक स्वयंको छ । भूषण दाहालले निर्देशन रहेको भिडियोलाई कुमार कटुवालले छायांकन गरेका हुन् l
साथै सम्पादन भिडियोमा पदम तिम्सिनाको रहेको छ l भिडियोमा गायक युवराज र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय छ । सार्वजनीक भिडियोलाई गायक चौलागाईंकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ l