अभिनेता सौगात मल्ल कृष्ण अवतारमा देखिएका छन् l भने, नायिका मिरुना मगर राधा बन्दै कृष्ण बनेका सौगातलाई हेरेर मुसुक्क हासेकी छन् l उक्त अवतार यी दुईको 'कबड्डी ४' मा समावेश गीत 'केशरी'मा देखिने छ l निर्माण टिमले भोलि गीत सार्वजनिक गर्ने जानकारी दिँदै सौगात र मिरुनाको उक्त अवतार रहेको पोस्टर सार्वजनिक गरेको हो l एस् डी योगीको आवाज र लय सिर्जनामा बनेको गीतमा संगीत संयोजन रिकेश गुरुङ 'किज' को रहेको छ l गीतको शब्द राम अविरल विष्टले कोरेका हुन् l बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ । जेठ १३ बाट फिल्म देशव्यापी सिनेमा हलमा प्रदर्शन हुँदै छ l