नेपालीहरू आफ्नो सौन्दर्यताप्रति सचेत हुन थालेपछि सौन्दर्य (कस्मेटिक) सामाग्रीको प्रयोग बढ्न थालेको छ । यसैलाई मध्य नजर गर्दै केही वर्ष अघि मात्रै नेपाल भित्र्याइएको एनप्लस प्रोफेसनलको अहिले बजारमा माग् बढ्दो छ l भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्बल प्रालीले उत्पादन गरेको उक्त प्रोडक्ट अहिले नेपाली बजारमा सर्वसाधारण मानिसहरूको रोजाइमा परेको नै छ l यसो त उक्त प्रोडक्ट सेलीब्रेटीहरुको रोजाइमा नि परेको छ l जसमा अभिनेत्री रेखा थापा, पूजा शर्मा ,वर्षा सिवाकोटी,अभिनेता सरोज खनालसँगै मिस नेपाल अस्मी श्रेष्ठ, सुगरीका केसी लगायत थुप्रै सेलिब्रेटीहरुले एनप्लस प्रोफेसनलका सौन्दर्य सामाग्री प्रयोग गर्न थालेका छन् । छोटो अवधिमा नै सेवाग्राहीहरूको रोजाइमा पर्न सफल बनेको उक्त प्रोडक्टका बजारमा फेस वास,सन् क्रिम,मोस्चराईजर,फेस सिरम,टोनर, अनियन स्याम्पु ,कण्डिसनर तथा अनियन आयल लगायत दुई दर्जन माथि सौन्दर्य सामाग्रीहरू बिक्री वितरण हुँदै आएको छ । अनुहारमा पर्ने चाउरिपना,पिम्पल्स तथा कपाल झर्ने सम्पूर्ण समस्या बिना साइड इफेक्ट समाधान हुने कम्पनीका प्रबन्ध निर्देशक हितेष लिम्बानीको दाबी छ । सस्तो, लोकप्रिय र गुणस्तरीय सामाग्री भएकाले पनि यो सेवाग्राहीहरूको रोजाइमा परेको हो l एनप्लस प्रोफेसनलका ब्युटी प्रोडक्टहरु आफैमा राम्रो भएका कारण एक पटक प्रयोग गर्ने जो कोहीले यसलाई पुनः प्रयोग गरेको पाइन्छ l