नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि पक्राउ परेका अभिनेता पल शाह र जाहेरी दिने एक गायिका सँगै बसेको बयान प्रहरीलाई एक दम्पतीले दिएका छन् l तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापा र उनकी पत्नीले सो बयान प्रहरीलाई दिएका हुन् l प्रदीप थापाको घरमा पलले बलात्कार गरेको जिकिर गरिएको छ । तनहुँ प्रहरीले घरधनी प्रदीप थापा र उनकी पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यस दिन पल र बालिका सँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए ।  जिल्ला अदालत तनहुँले प्रहरीलाई शाहलाई थुनामा राख्न अनुमति दिएको हो l फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l तनहुँ जिल्ला अदालतले उनलाई थप् १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई गत आइतबार आदेश दिएको थियो l फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।