अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले ‘घिन घिन वज्यो मादलु’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनीक गरेका छन् । गीतको भिडियोमा अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन् ।

 

आफ्नो बुवाको एल्बममा रहेको पुरानो टप्पा गीतलाई नयाँ फ्लेवरका साथ समिरले यो गीत बजारमा ल्याएका छन् । यसका शब्द तथा संकलन चिन्तामणी शर्माको रहेको छ  । प्रदिप लामाको कोरियोग्राफी रहेको यो गीतमा अभियान थापाको छायांकन तथा सम्पादन छ । यो गीतको भिडियोमा प्रदिप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मिया लगायतले नृत्य गरेका छन् ।