पीडित नाबालिगको तस्बिर र स्ट्याटस राख्ने एक युवकलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ l २९ वर्षीय विकास महर्जनलाई साइबर ब्युरोले पक्राउ गरेको हो l ती युवकले अश्लील तस्बिर राखी पीडितको चरित्र हत्या गरेको प्रहरीको भनाइ छ l सञ्जाल मार्फत पल शाह प्रकरण बारे बोल्दै सो तस्बिर र स्ट्याटस राखिएको थियो l  l नाबालिगको चरित्र हत्या गर्न खोज्ने अन्यलाई पनि खोजिरहेको ब्युरोले जनाएको छ ।