बहुप्रतिक्षित फिल्म 'कबड्डी ४' मा समावेश गीत 'केशरी' सार्वजनिक गरिएको छ l सुश्मा ग्लोबल नाम युट्युब च्यानल बाट केही समय अघि गीतलाई रिलिज गरिएको हो l एस् डी योगीको आवाज र लय सिर्जनामा बनेको गीतमा संगीत संयोजन रिकेश गुरुङ 'किज' को रहेको छ साथै एस् डी लाई गीतको लय सिर्जनामा गायक काली प्रशाद बास्कोटा र अनुपम शर्माले साथ दिएका छन् l गीतको शब्द राम अविरल विष्टले कोरेका हुन् l भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र नायिका मिरुना मगरलाई देखाइएको छ l

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।  जेठ १३  बाट फिल्म देशव्यापी सिनेमा हलमा प्रदर्शन हुँदै छ l