गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई  देउ’ बोलको गीत सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीतमा  बाबुल गिरीको लय सिर्जना समावेश छ l निर्देशक गौरव गिरीले भिडियोको निर्देशन गरेका हुन् l

वसन्त कुँवरले दृश्य कैद गरेको भिडियोको सम्पादन बलभद्र कुँवरले गरेका हुन् । भिडियोमा चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको छ l