फिल्म ‘ए मेरो हजुर ४’को दोस्रो गीत रिलिज गरिएको छ । ‘सुन्तला’ बोलको गीतलाई युट्युब च्यानल बुढा सुब्बा डिजिटल बाट केही समय अघि रिलिज गरिएको हो l मेलिना राई र निशान भट्टराईले स्वर रहेको गीतको शब्द तथा लय सिर्जना वसन्त सापकोटाको रहेको छ l  भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ l

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थाप लेखेकी हुन् । पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्म वैशाख १ गते बाट रिलिज हुँदै छ l